search engine box

Custom Search

Sunday, November 8, 2009

ब्रिट्नी स्पेयर्सले आफ्ना भोगाइ सार्वजनिक गर्ने


अमेरिका, अक्टोवर १४/विभिन्न उटपटाङ घटनाका कारण चर्चामा आइरहने पप स्टार ब्रिट्नी स्पेयर्सले आफ्ना केही महत्त्वपूर्ण भोगाइलाई मिडियामार्फत सार्वजनिक गर्ने भएकी छिन् । 'मेरा विषयमा मान्छेहरू धेरै कुरा जान्न चाहन्छन्, तर मेरा जीवनमा घटेका केही महत्त्वपूर्ण कुरा अझै पनि धेरैलाई थाहा छैन ती कुराहरू म सार्वजनिक गर्न चाहन्छु,' - ब्रिट्नीले भनिन् । एमटिभीबाट प्रसारण हुने सो कार्यक्रममा ३० नोभेम्बरमा प्रसारण हुने भएको छ । साथै सो कार्यक्रम प्रसारण भएपछि आफ्नो करियर थप मजबुत हुने अपेक्षा गरेकी छिन् उनले । ब्रिट्नी भन्छिन्,''साँचो कुरा पाएपछि मेरा प्रशंसक पक्कै बढ्नेछन् ।'यस कार्यक्रममार्फत गायिका ब्रिट्नीले उनमा देखिएको मानसिक समस्या र त्यसको उपचारका विषयमा केही समय बोल्ने भएकी छिन् । त्यस्तै, पूर्वपति केबिन फेडरलिनसँग बच्चा लिनका लागि लडेको कानुनी लडाइँ र त्यस क्रममा आइपरेका झन्झटका शृंखलालाई पनि उनले प्रस्ट पार्ने भएकी छिन् ।

No comments:

Post a Comment